kumari
stcnepal

एमालेको चित दुखाउने गरि कुनै अभिब्यक्ति नदिनु : प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारूढ गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेलाई चित्त दुखाउने गरी व्यवहार नगर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

स्थानीय तह निर्वाचन सम्बन्धी अभियान कार्यक्रमलाई पार्टी कार्यालय सानेपामा मंगलवार सम्बोधन गर्दै देउवाले चुनावी अभियानमा प्रतिपक्षलाई उग्र बनाउने गतिविधि नगर्न निर्देशन दिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए ।


‘निर्वाचन सम्बन्धी गतिविधिमा एमालेलाई उत्तेजक बनाउने गरी व्यवहार नगर्नू । गठबन्धनमा रहेका दलहरूको पनि चित्त दुखाउन आवश्यक छैन,’ देउवाको भनाइ उद्धृत गर्दै खतिवडाले भने, ‘प्रतिपक्ष दलको अध्यक्षले उग्र व्यवहार गरेकै कारण अहिलेको अवस्था आएको हो । हामीले त्यसो गर्न आवश्यक छैन ।’

निर्वाचन केन्द्रित गतिविधिका लागि कांग्रेसले ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य परिचालन गरेको छ । उनीहरूले जिल्लामा गएर स्थानीय तह निर्वाचन सम्बन्धी गतिविधिलाई तीव्रता दिएर कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने जिम्मेवारी तोकिएको छ ।

 

 

footer