kumari
stcnepal

स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने : प्रधानमन्त्री देउवा

वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धनलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् । नेपाली कांग्रेस सभापति समेत रहेका प्राधनमन्त्री देउवाले केन्द्र देखि स्थानीय तहसम्म मिलेर जानुपर्ने बताएका हुन् ।

बिहीबार कांग्रेसको पर्सा जिल्ला समितिका नवनिर्वाचित कार्यसमिति सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा कांग्रेस सभापति समेत रहेका देउवाले भने, ‘गठबन्धनका साथीहरुको सहयोगले म प्रधानमन्त्री भएको हुँ । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्न मिल्दैन ।’

गठबन्धनमा आवद्ध दलहरु बीच स्थानीय देखि माथिल्लो चुनावमा तालमेल गर्न छलफल हुने उनले बताए । अहिलेको निर्वाचन प्रणालीमा कुनै पार्टीले एक्लै बहुमत ल्याउन नसक्ने भन्दै देउवाले गठबन्धन गर्नैपर्ने बाध्यता रहेको जिकिर गरे । ‘संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन, कसै न कसै सँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, केही ठाउँमा समस्या होला, तर कुराकानी गरेर मिल्नुपर्छ ।’

देउवाले अघि भने, ‘एक्लै लड्दा धेरै ठाउँमा हारेका थियौं । गठबन्धन गरेर स्थानीय तह देखि प्रदेश र केन्द्रमा पनि भोलि सरकार बनाउने हिसाबले अघि बढ्न सक्छौं ।’ प्रजातन्त्र र कांग्रेसका लागि पनि अहिलेको गठबधन जोगाउनुपर्ने भन्दै देउवाले साझेदार दलहरुको आलोचना नगर्न आग्रह गरे । उनले भने, ‘त्यस कारण हाम्रो बोली भाषाले गठनबन्धनका भाषाले अन–नेसेसरीली चिढ्याउने काम गर्नु हुँदैन ।’

सबै पार्टीको सहयोगले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास भएको र यसले नेपालको आर्थिक विकासमा ठूलो भूमिका निर्वाह गर्ने देउवाले बताए ।

‘एमसीसी अनुदानमा आएको पैसा हो । यसको सदुपयोग गर्न सक्यो भने भोलिका दिनमा अमेरिका लगायत अन्य देश बाट लिन सक्छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘देशको विकास छिटो हुन्छ, विकास भएको खण्डमा रोजगारी बढ्छ । रोजगारी बढेको खण्डमा राष्ट्र सम्पन्न भएर

 

footer