kumari
stcnepal

नेपाल कति स्वाधीन छ ?

काठमाडौं । पहिलोपल्ट विदेशी सहयोग अनुदान संसदबाट अनुमोदन भयो । चीनका विदेश मन्त्री वाङ् यी नेपाल आउँदैछन् । उनले पनि आफ्ना सहयोग संसदबाट अनुमोदन गर भन्यो भने के गर्ने ? भारत त खुला सीमा जोडिएको मुलुक मुखले केही बोलेको छैन, भित्रभित्रै मुरमुरिएको छ ।

जसरी युक्रेन रुसको अधीन बस्नुपर्छ, युक्रेन रुसको हिस्सा हो भनेर युद्ध चलिरहेको छ, त्यसैगरी भारत र चीनले नेपाललाई चेप्यो भने के हुन्छ ?
नेपाली नेतृत्व किन बुझ्दैन नेपाललाई भारत चाहिन्छ, चीन पनि चाहिन्छ । अमेरिका र बाँकी विश्व पनि चाहिन्छ तर गठवन्धन सरकार आयो भारत, अमेरिका र बेलायतमा राजदूत नियुक्त ग¥यो, चीनमा गरेन किन ?भारत र नेपालका प्रवुद्ध बर्गले समस्याको पहिचान र निराकरणका उपाय निकाले, भारतले रिपोर्ट बुझ्नै मानेन किन ?

भूराजनीतिक सन्तुलन बिथोलिदै गएको छ । नेपाल चेपोमा चेपिदै जाँदो छ । सन्तुलन मिलाउन चार दलीय गठबन्धन सरकार असमर्थ देखिदैछ । आन्तरिक मामिला नेपालको, शक्तिराष्ट्रहरुबीच खिचातानी । नेपालका आउने दिन अँध्यारो देखिदैछ । एमसीसीबारे चीन दुईपल्ट बोल्यो, भारतले मौनता साध्यो, अमेरिकाले जवाफ दियो ।

एमसीसी अनुमोदन नगरे चीनका कारणले भनेर बुझ्ने र नेपाल नीतिमा पुनर्विचार गर्ने धमास नै दियो । नेपालले आफ्नो नीति यस्तो भनेर प्रष्ट पार्न सकेन । अर्थात नेपालको कूटनीति दुर्घटनामा परिसकेको छ । नेपाललाई नेपालकै कोणबाट देखाउने ल्याकत कसैमा देखिएन ।

footer