kumari
stcnepal

संखुवासभा बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत : प्रदेश १ सरकार

विराटनगर । प्रदेश १ सरकारले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मृतकका परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने बताए । बिहीबार संखुवासभाको मादी ६ मा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

मादीबाट झापाको दमक आउँदै गरेको बा.४ ख ७३५ नम्बरको यात्रुवहाक बस मादी–६ को सातघुम्ती मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा १४ जना यात्रुको घटनास्थलमा मृत्यु भएको थियो । एक जनाको उपचारका क्रममा धरानमा मृत्यु भएको थियो ।

 

footer