kumari
stcnepal

४० केजी चिराइतो र ७० केजी अल्लो सहित एक पक्राउ

गोरखा ।प्रहरीले अवैध रुपमा काठमाडौं बेच्न लैजादै गरिएको जडिबुटी सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धार्चे गाउँपालिका–२ रुन्चेतका ४६ वर्षीय बुद्धराम गुरुङ रहेका छन् । प्रहरीले उनको साथ बाट ४० केजी चिराइतो र ७० केजी अल्लो जातको जडिबुटी सहित बरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागी आइतवार डिभिजन वन कार्यालय पठाइने प्रहरी कार्यालयका गोरखाका प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले बताए ।

उनका अनुसार गुरूङले उक्त जुडिवुटी गाउँका स्थानीय बाट संकलन गरेका थिए ।

 

 

 

footer