kumari
stcnepal

आज ७३ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २३८ पीसीआर परीक्षणमा ३० जना र दुई हजार ८२४ एन्टिजेन परीक्षणमा ४३ जना गरी ७३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १९२ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पाँच हजार ५० रहेको छ ।

 

 

footer