kumari
stcnepal

आगामी चुनावलाई लिएर कांग्रेस र एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेका छन् : पूर्वप्रधानमन्त्री खनाल

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेको बताएका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले एक्लै चुनाव जित्छु भन्नु पैसाको धाक मात्र भएको बताए । ‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा कांग्रेस, काँग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरुको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरुले, त्यो सबै धाक पैसाको हो।

तर प्रधानमन्त्री शेरबहादुर देउवा  भने सत्तारुढ गठबन्धनको एकता कायम गर्नुपर्छ भन्नेमा प्रष्ट रहेके बताए । ‘कांग्रेस भित्र दुई धार प्रष्ट छ । नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ’ उनले भने ।

नेकपा एमालेले पैसाको बलमा चुनाव जित्ने दावी गरिरहेको उनले बताए । ‘एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ । त्यति मात्रै होइन उनीहरुले पनि बोरामा नै पैसा लाने हो’ ।

 

footer