kumari
stcnepal

निर्माण ब्याबसायिक महासंघको अध्यक्षमा कस्ले मार्ला वाजी

निर्माण व्यवसायी महासंघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा हालका अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र हुमनाथ कोइरालाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार आज आइतबार मतदान हुनेछ । महादेव खिम्ती निर्माण सेवाका सञ्चालक समेत रहेका वर्तमान अध्यक्ष सिंह नेपाली कांग्रेस निकट हुन् ।

वरिष्ठ उपाध्यक्ष पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक हुन् । राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेका छोरा उनले अघिल्लो कार्यकालमा नै अध्यक्षमा दावी गरेका थिए । तर अध्यक्ष सिंहले अर्को कार्यकालमा सहयोग गर्ने वचत दिएर वरिष्ठ उपाध्यक्षमा समर्थन गरेका थिए ।

बिकोइ बिल्डर्सका सञ्चालक कोइराला कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुन् ।

footer