kumari
stcnepal

जसपाको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

काठमाडौंमा आज बाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ । यो बैठक भोलि सम्म चल्नेछ । यसका मुख्य ४ वटा एजेण्डाहरु छन् । पहिलो एजेण्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा प्रस्तुत भइरहेको छ ।’

उनका अनुसार नवराज सुवेदीले त्यो प्रस्तुत गरिरहेका छन् । उनले भने, ‘ यसलाई हामी छलफल गरेर पारित गर्नेछौँ । दोस्रो एजेण्डा भनेको हाम्रो पार्टीको आन्तरिक संगठनात्मक जीवन सँग सम्बन्धित केही संगठनात्मक प्रस्तावहरु हुनेछन् । तेस्रो भनेको देशको राजनीतिक, समसामयिक परिस्थिति बारे हामी एउटा प्रश्ताव पारित गर्नेछौँ ।’

 

 

 

footer