kumari
stcnepal

नेपाल सहितका सांसदलाई गरेको कारबाही विषयमा चैत २० देखि पूर्ण सुनुवाइ

नेकपा एमालेले माधवकुमार नेपाल सहितका सांसदलाई गरेको कारबाही सम्बन्धी विषयमा चैत २० गते देखि पूर्ण सुनुवाइ हुने भएको छ ।

आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले यो मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मुनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश दिएको छ । माधव नेपाल सहितका सांसदलाई नेकपा एमालेले गरेको कारबाहीलाई मान्यता नदिएपछि अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग लगायत विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

footer