kumari
stcnepal

प्रधानमन्त्री देउवा : स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति नभएको बताएका छन् ।

नेपाल नगरपालिका संघको २९औं बार्षिक उत्सबमा आयोजित कार्यक्रममा सबै पार्टीको सहमति जुटाएर आवश्यक कानुनी संशोधन समेत गर्ने बताए । प्रधानमन्त्री देउवा भन्दा अगाडि बोलेका बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय सरकार भन्न हिचकिचाहट देखिएका बताएका थिए ।

उनको नाम नलिई देउवाले भने, ‘स्थानीय तहलाई सरकार भन्न कुनै आपत्ति छैन । महत्वपूर्ण कुरा काम हो । जनताको प्रत्यष सम्पर्कमा रहने ठाउँ हो, जनताको दुःख तक्लिफ हटाउने काम गर्नुस । तह हटाउन केही छैन ।’

 

 

footer