kumari
stcnepal

जन्ती बोकेको टिपर दुर्घटना, २ को निधन केही घाइते

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा विवाहको जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य २८ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुधौली नगरपालिका ५ सिर्थौली बाढी गाउँ बाट उदयपुरको कटारी तर्फ जन्ती लिएर जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर सिर्थौली नजिकै ठाकुर खोला पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परी उदयपुरको कटारी नगरपालिका २ का २४ वर्षका अजय दनुवार र सोही ठाउँका १९ वर्षका दीपेन्द्र कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल लगायतका अस्पतालमा पठाइएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले जानकारी दिए । दुर्घटनाका अन्य घाइतेहरूको विराटनगर, कटारी र सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका १० जना भने सामान्य उपचार पछि घर फर्किएका छन् ।

 

footer