kumari
stcnepal

आज जसपाको दोस्रो बैठक सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बस्न लागेको हो । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सो बैठक सुरु भएको हो । पहिले दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ ।

आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले बताएका छन् ।

 

पार्टीमा यसअघि देखिएको विभिन्न विवाद समाधान भइसकेको र पार्टी एक ढिक्का भएर चुनावमा जाने जसपा संघीय परिषद्को बैठकले घोषणा गरेको थियो । परिषद्को बैठक फागुन २८ गते बानेश्वरको एक पार्टी प्यालेसमा बसेको थियो । सम्भवतः केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने तयारी छ, बैठक कसरी अगाडि बढ्छ त्यो वक्तामा भरपर्ने नेता सुमनले बताएका हुन् ।

footer