kumari
stcnepal

रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न

 

श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजना तथा श्री पूर्वी कमाण्ड हे।क्वा।को समन्वयमा विभिन्न सञ्चा र माध्यमका २४ जना रक्षा संवाददाताहरुलाई सहभागी गराई २०७८ फाल्गुण २५ गतेबाट ईटहरीस्थित श्री नं. २ बाहिनी अड्डाईमा संचालन भएको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम(Defence Correspondent Orientation Programme-DCOP) को २०७८ फाल्गुण ३० गते सुनसरीस्थित श्री दुर्गादल गुल्ममा समापन भएको छ ।

उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको थियो भने सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष, धनकुटास्थित निशान भगवती मन्दिर र साँघुरी गढी, धरानस्थित सैनिक आवसिय महाविद्यालय, ईटहरीस्थित सैनिक अस्पताल, मोरङस्थित राष्ट्रिय सेवा दलको तालिम केन्द्रको स्थलगत भ्रमण समेत गराइएको थियो ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले गर्नु भएको समापन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको सहभागीता रहेको थियो । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहजता तथा स्पष्टता प्रदान हुने विश्वाचस नेपाली सेनाले लिएको छ ।

 

footer