kumari
stcnepal

होण्डाको एक्स्चेन्ज क्याम्प आयोजना गर्दै

काठमाडौँ । होण्डा मोटरसाइकल तथा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले चैत १७ गतेसम्म बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ । काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा यो क्याम्प फागुन २२ देखि नै सुरु भएको हो ।

यस क्याम्पको अवधिभर ग्राहकहरुले कुनै पनि ब्रान्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्छन् । ग्राहकहरुले आफ्नो साधनको एक्सचेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्य भन्दा ७ हजार रुपैयाँ अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्त गर्नेछन् ।

footer