kumari
stcnepal

स्थानीय तहको निर्वाचन अनुगमन निर्देशिका आयोग बाट स्वीकृत

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ ।

आयोग द्वारा आज आयोजित पत्रकार भेटमा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७८ अन्तर्गतका त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने कार्य भइरहेको बताइएको छ । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकाय बाट प्राप्त भएको र खटनपटनका लागि गृहकार्य भइरहेको जानकारी दिइयो ।

निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन विभिन्न संयन्त्र मार्फत अनुगमन गर्ने जनाउँदै आयोगले निर्वाचन आचारसंहिता कानूनी मात्र नभई नैतिक बन्धन पनि भएकाले त्यसप्रति गम्भीर भई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने कार्यमा सहयोग पुर्‍याउन सबैसँग आग्रह गरेको छ ।

 

 

 

footer