kumari
stcnepal

एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला

नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला चयन भएका छन् ।

११औं राष्ट्रिय अधिवेशनले कोइरालाको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको हो । कोइराला यसअघि वरिष्ठ उपाध्यक्ष थिए । अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवमा जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदीलाई चयन गरेको छ ।

यसैगरी सचिवहरुमा देवेन्द्र ढकाल, बामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी तथा.कोषाध्यक्षमा गणेशप्रसाद आचार्य चयन भएका छन् ।

 

 

 

footer