आज शेयर बजार नेप्से परिसूचक १७ दशमलव १५ अंकले घटेर २,६५० दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० वटा कम्पनकिो शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन मुलक, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट र अन्य उपसूचक घटेका छन् ।
आज २२९ कम्पनीको ६५ करोड २९ लाख ०२६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै भन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको ३४ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।