kumari
stcnepal

सुरक्षाको जिम्मा सशस्त्र प्रहरी र नेपाली सेनालाई खटाउन प्रहरी मुख्यालयको प्रस्ताव

काठमाडौं । प्रहरी प्रधान कार्यलयले स्थानीय तहको निर्वाचनमा केहि ठाउँको सुरक्षाको जिम्मा सशस्त्र प्रहरी र नेपाली सेनालाई दिनुपर्ने प्रस्ताव गृह मन्त्रालयसामु गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने विश्लेषण गर्दै प्रहरी प्रधान कार्यालयले यस्तो प्रस्ताव गरेको हो ।

यस अघिका निर्वाचनको समीक्षा गर्दै मतदानस्थल र केन्द्रमा थोरै प्रहरी परिचालन गर्ने वा केही ठाउँमा सशस्त्र र सेनालाई खटाउने गरी कार्यविधि बनाउन प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । २०७४ मा दुई चरणमा भएको स्थानीय तह निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी र ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदान केन्द्रमा म्यादी सहित ११ जना, संवेदनशीलमा ७ जना र सामान्यमा ५ जना प्रहरी परिचालन गरेको थियो । देशभर एकै पटक चुनाव गराउँदा सो संख्यामा प्रहरी र म्यादी नपुग्ने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।

स्थानीय तहको निर्वाचन गराउन १ लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो । यसअघिको स्थानीय निर्वाचनमा भन्दा यसपटक मतदान स्थल र केन्द्र थपिएका छन् । मतदान स्थल ८५ वटा र ३ हजार भन्दा बढी मतदान केन्द्र थपिएको बताइएको छ ।

footer