kumari
stcnepal

डा. शंकर शर्माको एग्रिमो भारतले पठायो

भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शंकर शर्माको नाममा तीन महिना पछि भारतले सहमति (एग्रिमो) पठाएको छ ।

मंगलबार भारतले नेपाली राजदूत डा. शर्माको नाममा ‘एग्रिमो’ पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसअघि डा. शर्मा सँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् ।

सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ (डिसेम्बर १०) मा परराष्ट्र मन्त्रालयले भारतलाई सहमतिका लागि पत्र पठाएको थियो । सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति ‘एग्रिमो’ पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ । भारतका लागि सिफारिस गरिएका शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन् ।

 

 

 

footer