kumari
stcnepal

सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न खोजेको हैन : सचिव डा. अर्याल

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिएका छन् ।

हिजो  मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने तर सञ्चार माध्यमको रुपमा सञ्चालित युट्युब टेलिभिजनहरु कानुनको दायरामा आउनुपर्ने बताए । ‘अहिले म आफै बोलिरहेको छु । कसैले भिडियो खिचेर आफ्नो युट्युबमा अपलोड गर्न पाउनुहुन्छ । त्यसको लागि कुनै नियन्त्रण गर्न भएन । तर, जसले म मिडिया हो भनेर  क्लेम गर्छ  त्यसलाई नियन्त्रण गर्नुपर्छ । त्यसले गरेका कामहरुलाई कुनै न कुनै हिसाबले नियन्त्रण गर्नुप¥यो’ उनले बताएका छन्  ।

अभिव्यक्ति स्वतन्त्रता र वाक स्वतन्त्रताले व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न सक्ने भएकाले नियन्त्रण गर्न खोजिएको सचिव अर्यालको भनाइ छ । पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनको लागि नियमन गर्न लागिएको बताए । ‘सबै कुरामा नियन्त्रण गर्ने भन्दैमा नकारात्मक रुपमा मात्रै हुँदैन । कहीं कतै दर्ता नगरी विभिन्न कुराहरु अफवाह फैलाएकाले यस्ता कुरालाई कसरी नियन्त्रण गर्ने भन्ने हो’  सचिव अर्यालले भने ।

 

 

 

footer