kumari
stcnepal

गोकर्णेश्वरबाट बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दामा एक जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

काभ्रेको पनौती नगरपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्‍दै आएका ५६ वर्षीय डल्ले कामीलाई बुधबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र १८ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

कामीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । गोकर्णेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा कामीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको अपराध महाशाखाले जनाएको छ ।

 

 

footer