२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोकर्णेश्वरबाट बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ

689
shares

बैंकिङ कसूर मुद्दामा एक जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

काभ्रेको पनौती नगरपालिका-१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका-१२ बस्‍दै आएका ५६ वर्षीय डल्ले कामीलाई बुधबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र १८ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

कामीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । गोकर्णेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा कामीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको अपराध महाशाखाले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports