kumari
stcnepal

आज थपिए २७ जना कोरोना संक्रमित, निधन शुन्य

पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षण गर्दा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी जम्मा २७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा २२० जना कोरोना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ ।

 

footer