kumari
stcnepal

माडीमा आगलागी ६० लाख भन्दा बढीको क्षेति

चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीका माधव लामिछानेको घर, गोठ र कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ः३० बजेको समयमा आगलागी भएको हो । आगलागीबाट ६० लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

घरधनी लामिछानेका अनुसार आगलागीमा धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दाना नष्ट भएको छ । यसैगरी एउटा फ्रिज, टेलिभिजन, डिजिटल मेसिन, तीन वटा सोलार प्यानल, तीन वटा ब्याट्री, एउटा इन्भर्टर पनि नष्ट भएका छन् । यस्तै ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत नष्ट भएको प्रहरीले जनाएको छ ।आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । स्थानीय, नेपाल प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

घर धनी लामिछानेले नगरपालिकाको दमकल समयमा नआएको, ढिलो गरी आउँदा समेत दमकलमा पानी अत्यन्त न्यून रहेका कारण आगलागी समयमा नियन्त्रणमा लिन नसकिएको दुखेसो गरेका छन् ।दमकल आउनै ढिलो भयो, आउँदा पनि निकै थोरै पानी थियो,’ उनले भने, ‘पर्याप्त पानी सहित समयमा दमकल आएको भए क्षति कम हुन सक्थ्यो ।’

footer