kumari
stcnepal

सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर एक महिलाको निधन, एक गम्भीर घाइते

काठमाडौं । तारकेश्वर नगरपालिका-५ गोलढुङ्गास्थित होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लड्दा एक महिलाको निधन भएको छ ।

प्रहरीका अनुसार ४३ वर्षीया जीवनकुमारी खड्काको हिजो बिहीवार निधन भएको हो । सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारका क्रममा निधनभएको हो ।

लडेर घाइते भएकी सोही ठाउँ बस्ने अर्की ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

footer