kumari
stcnepal

थापा र ओलीबीच वार्ता

काठमाडौं । पटक पटकको वार्तापछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुख खोलेका छन्– चुनावमा एमालेसँग गठबन्धन हुनसक्छ । राप्रपाले चुनाव चिन्ह ‘तिर’ पाएसँगै अध्यक्ष थापाले गठबन्धनको विषयमा बोलेका हुन् ।

सामाजिक सञ्जालमा थापाले लेखेका छन्–सनातन संस्कृति एवं पौराणिक मान्यतामा “तिर“ लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतिक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो ।

“तिर“ मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ ।अध्यक्ष थापाले एमालेसँग गठबन्धनका साथ चुनावमा गएर जनादेशको माध्यमबाट शक्ति प्राप्त गरेर लक्ष्यमा पुग्ने पनि बताएका छन् । निर्वाचन चिन्ह पाएपछि अध्यक्ष थापाले नेता तथा कार्यकर्तालाई स्थानीय तहको चुनावमा होमिन पनि निर्देशन समेत दिएका छन् ।

footer