kumari
stcnepal

कोहलपुर बाट हराएको मोटरसाइकल सहित एक जना स्वयम्भूमा पक्राउ

काठमाडौं । बाँकेको कोहलपुर बाट हराएको मोटरसाइकल सहित एक जनालाई प्रहरीले काठमाडौंको स्वयम्भूमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट महाबी गाउँपालिका वडा नं। २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्चबहादुर सिंह रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सिंहको साथमा प्रदेश ३(०२, ००३ प २४७३ नम्वरको कालो रङको २०० सीसीको पल्सर एनएस मोटरसाइकल फेला परेको छ । यो नम्बर नक्कली रहेको र सिंहको साथमा रहेको मोटरसाइकलको वास्तविक नम्बर भे १० प ४३६२ र धनी आशिष गुरूङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहले चैत २ गते यातायात व्यवस्था कार्यालय बागमतीले गुर्जुधारामा लिएको सवारी चालक अनुमति-पत्रको परीक्षामा जिल्ला बाँके खजुरा वडा-३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परिक्षा दिएको समेत खुलेको छ ।पक्राउ परेका सिंहलाई मोटरसाइकल सहित चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जनाएको छ ।

 

footer