विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोहलपुर बाट हराएको मोटरसाइकल सहित एक जना स्वयम्भूमा पक्राउ

689
shares

काठमाडौं । बाँकेको कोहलपुर बाट हराएको मोटरसाइकल सहित एक जनालाई प्रहरीले काठमाडौंको स्वयम्भूमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट महाबी गाउँपालिका वडा नं। २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्चबहादुर सिंह रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सिंहको साथमा प्रदेश ३(०२, ००३ प २४७३ नम्वरको कालो रङको २०० सीसीको पल्सर एनएस मोटरसाइकल फेला परेको छ । यो नम्बर नक्कली रहेको र सिंहको साथमा रहेको मोटरसाइकलको वास्तविक नम्बर भे १० प ४३६२ र धनी आशिष गुरूङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहले चैत २ गते यातायात व्यवस्था कार्यालय बागमतीले गुर्जुधारामा लिएको सवारी चालक अनुमति-पत्रको परीक्षामा जिल्ला बाँके खजुरा वडा-३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परिक्षा दिएको समेत खुलेको छ ।पक्राउ परेका सिंहलाई मोटरसाइकल सहित चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports