kumari
stcnepal

कांग्रेसले चैत ११ गते केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले चैत ११ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी चैत ११गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाएका छन् ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

 

footer