kumari
stcnepal

जेठ १६ गते देखि कक्षा १२ को परीक्षा हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गते देखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गते देखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

उनले भने ‘आज बसेको बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेका छौं । समय तालिका सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।’ यस अघि जेठ १८ गते देखि हुने भनिए पनि आज बसेको बोेर्डको बैठकले १६ गते देखि गर्ने निर्णय गरेको हो ।

बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र भने अनलाइन बाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्ष देखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । गत वर्ष अनलाइन बाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिनेछन् ।

 

 

 

footer