kumari
stcnepal

बिहीबार साँझ देखि बेपत्ता १२ वर्षीया बालिका भेटिइन्

काठमाडौं । बिहीबार साँझ देखि बेपत्ता बौद्ध, जोरपाटीकी १२ वर्षीया लेञ्जुम शेर्पा भेटिएकी छन्।

शुक्रबार अपरान्ह उनी प्रहरीको सम्पर्कमा आएको महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सुदिप गिरीले बताए । स्रोतका अनुसार उनलाई एक जना १५ वर्षीय बालकले घर पुर्‍याइदिन्छु भन्दै बिहीबार साँझ लगेका थिए । साथीहरु सँग होली खेल्न गएका वेला साँझ ५ बजे देखि उनी हराएकी थिइन् । शेर्पा कहाँ गएकी थिइन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।

 

 

 

footer