kumari
stcnepal

१४ बर्ष पछि बिश्व बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा, विश्व नै प्रभावित

काठमाडौं । रूस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बीबीसीका अनुसार रूसले युक्रेनमा आक्रमण शुरू गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको हो ।

विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रूस विरुद्ध पश्चिमा मुलुकहरूको प्रतिबन्धहरू कडा हुँदै जाँदा तेलको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गएको मंगलबार बे्रन्ट क्रुडले १२५ अमेरिकी डलर प्रति ब्यारलमा कारोबार गरेको अन्तर्राष्ट्रिय सञ्चा रमाध्यमले जनाएको छ । वेस्ट टेक्सास इन्टरमिडियट (डब्लु टी आई) ले १२० प्रति ब्यारलमा कारोबार गरेको छ ।

यसअघि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबै भन्दा उच्च भएको थियो । एसियाली बजारमा कच्चा तेलको बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ बढेर १३९ डलर प्रति ब्यारल नाघेको थियो । तर, पछि १३० डलर भन्दा कममा आइपुग्यो । एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ । फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध विशेष सैनिक अपरेशन सञ्चालन गरेपछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको थियो । युद्ध सुरु गरेको भन्दै अमेरिका, युरोपियन देशहरु लगायतका देशहरुले रुस माथि विभिन्न प्रतिबन्ध लगाउँदा तेलको मूल्यमा वृद्धि भएको हो ।

यसैबीच , अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य ३०० डलरसम्म पुग्न सक्ने रुसले चेतावनी दिएको छ । प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएका छन् ।

रुसी ऊर्जा माथि रहेको निर्भरता घटाउन अमेरिका र युरोपेली देशहरुले दिएको दबाब रुसी कम्पनीहरुले महसुस गर्न थालिसकेको नोभाकले बताएको छ । साउदी अरबप छि रुस विश्वको सबै भन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुस एक्लैले युरोपेली मागको एक तिहाइ तेल आपूर्ति गर्छ ।

 

 

 

 

footer