kumari
stcnepal

संघिय कानून मन्त्री बडू बाटै कानूनको उल्लघन, ७ घण्टामै कर्मचारीको सरूवा

संघीय सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले कानुन उल्लंघन गर्दै पालिकाका प्रशासकीय अधिृकतको सरुवा गरेका छन् ।

दार्चुलाको लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर ठगुन्ना कार्यालयमा हाजिर भएको सात घण्टामै सरुवा गरिएको छ । पदस्थापन भएको तीन दिन र कार्य गरेको ७ घण्टामै ठगुन्नाको जिल्ला समन्वय समिति दार्चुलामा सरुवा गरिएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को (४) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठगुन्नालाई कामकाजका लागि चैत १ गते लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएको थियो । ठगुन्नालाई चैत १ गते मन्त्रायलले दार्चुलाको लेकम गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सहित नियुक्ती गरेको छ ।

पदस्थापन पछि चैत ४ गते ठगुन्ना हाजिर भएको जानकारी संघीय मामिला मन्त्रालयमा पठाइएको छ । तर दार्चुलाका कांग्रेस केन्द्रीय सदस्य एवम् कानुनमन्त्री बडुले ठगुन्नालाई सरुवा गरेका हुन् । मन्त्रालयको चलानी नम्बर ९९७ मिति २०७८ साल चैत ४ गतेको पत्र बाट अधिकृत ठगुन्नाको सरुवा संशोधनगरि जिल्ला समन्वय समिति दार्चुलामा कायम गरिएको छ।

बडुले सरुवा गरेको सामान्य प्रक्रिया नभएर कानुनलाई हातमा लिएर मनोमानी गरेको बुझिन्छ । निजामती सेवा ऐन को दफा १८ को ३ मा कर्मचारीको चाहाना विपरीत कम्तिमा डेढ बर्ष सम्म सरुवा गर्न नपाउने व्यवस्था रहेको छ । यद्यपि स्वयम कानून मन्त्री बाटै ऐनको उल्लंघन भएको भन्दै चर्को आलोचना भइरहेको छ ।

 

 

 

footer