kumari
stcnepal

हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन , माधव नेपाललाई अध्यक्ष ओलीको प्रश्न

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाइदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपाल सहितले काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।

राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएको तर्फ लक्षित गर्दै ओलीले भने, ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्को सँग बिहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’

अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे । सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।

 

 

footer