kumari
stcnepal

काँग्रेसको पार्टी कार्यालय सानेपामा विद्यार्थीद्धारा धर्ना

काठमाडौँ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्ना बसेका छन् । लामो समयदेखि नेविसंघको महाधिवेशन नभएको र विधानअनुसार महाधिवेशनको माग गर्दै आज आइतबार उनीहरुले धर्ना दिएका हुन् ।

नेविसंघमा उमेर हदबन्दी ३२ वर्ष बनाएर पार्टीले विद्यार्थी नेताहरुलाई जुधाउन खोजेको बताउँदै नेविसंघका नेता अनिल खनालले सो को खारेजी गर्नुपर्ने बताए । उनले तरुण दलका लागि पनि ४५ बर्षे उमेर हद लगाएर पार्टीले नेता कार्यकर्तालाई जुधाउन खोजेको बताए ।

नेविसंघको अविलम्ब महाधिवेशनको माग गर्दै पार्टीका कार्यालय सचिवलाई ज्ञापनपत्र बुझाएर उनीहरु पार्टी कार्यालयमा धर्नामा बसेका छन् ।

footer