kumari
stcnepal

निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सात वटै प्रदेशमा निर्वाचन आयोगले अन्तर्क्रिया गर्ने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सात वटै प्रदेशमा अन्तर्क्रिया गर्ने भएको छ । आज सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तर्क्रिया गर्न लागेको बताएका हुन् ।

आयोगले नेपाल कानून समाज सँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सात वटै प्रदेशका १५ जिल्लामा ९ देखि १७ चैत सम्म आचारसंहिता कार्यान्वयनका विषयमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारी सँग छलफल गर्न लागेको उनले बताए ।

त्यस्तै राष्ट्रिय मान्यता प्राप्त बाहेकका ५८ दलले जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण पेश गरेका प्रवक्ता पौडेलले बताए । निर्वाचन आयोगले ११०२ नम्बरको टोलफ्री नम्बर १५ चैत देखि सुरु गर्न लागेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । उक्त नम्बरमा मतदाता, आम नागरिक तथा सरोकारवालाले आफ्नो जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने उनले बताए ।

 

footer