kumari
stcnepal

ग्लोबल आइएमई बैंकको नयाँ शाखा कार्यालय बागलुङको बलेवामा

 

काठमाडौँ । ग्लोबल आइएमई बैंकले बागलुङको बलेवामा आफ्नो २८९औ शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो ।

आज सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका – १४, बलेवा नारायण स्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल,नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञावलीले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका छन । यस्तै, एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी र पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीले उद्घघाटन गर्नुभएको छ ।

बैंकका अध्यक्ष ढकालले, सबैका लागि बैंक भन्ने नाराका साथग्लोबल आइएमई बैंकले मुलुकका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रहरुमा आफ्नो सेवा विस्तार गरी आम जनतालाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र बागलुङको वलेवा नाराय स्थान शाखाले त्यहाँका स्थानीय वासिन्दा, किसान तथा व्यवसायीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यका साथशाखा स्थापना गरिएको बैंकका अध्यक्ष ढकालले बताउनु भएको छ ।

ग्लोबल आइएमई बैंक बागलुङको बलेवा क्षेत्रमा स्थापना भएको पहिलो बाणिज्य बैंक हो । यसले शाखाले सोही क्षेत्रका ग्राहकलाई छिटो, छरितो एव्म सरल बैंकिङ्ग सेवा दिने उद्देश्यले एटीएम सेवा समेत शुरू गरेको छ ।

यसका साथै, बैंकले मधेश प्रदेकको पर्सा जिल्ला, वीरगजं महानगरपालिका बडा नं. १५, बाइपास रोडमा पनि आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८९शाखा, २५४ एटीएम, २७४शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकहरू माझ सेवाप्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

footer