kumari
stcnepal

मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने काम गरे :अध्यक्ष ओली

काठकाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई ठगी खाने भाँडो भएको आरोप लगाएका छन् । आज मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने काम गरेको बताएका छन् ।

उनले भने, ‘द्वन्द्व उद्योग स्थापना गरियो नेपालमा, त्यसलाई एमालेले प्रतिवाद गर्‍यो ।’ सिङ्गो देश हाम्रो हो, हामीले हाम्रो देशको उन्नति गर्न पाउनुपर्छ भन्ने एमालेको मान्यता रहेको उनको भनाइ रहेको छ ।

उनले देशमा काम गर्ने मान्छे नपाएको अवस्थामा युवाहरु विदेशिएको भन्दै युवालाई स्वदेशमै बस्न आग्रह गरे । ‘विदेश जान होइन, देशकै विकासको काम गर्न युवालाई प्रोत्साहित गर्नुपर्छ,’ उनले भने, ‘स्वदेशमै बसौं, स्वदेशकै विकास गरौं । स्वदेशलाई नै समृद्ध बनाऔं । अब विदेश नजाऔं ।’

तराईको विकासमा आफूले सरकारमा रहँदा विशेष ध्यान दिएको उनले बताएका हुन् । शिक्षा, स्वास्थ्य, बाटो लगायतका विषयमा आफूले प्रशस्त काम गरेको उनको भनाइ छ

footer