kumari
stcnepal

विगतका तिता कुरा बिर्सने र त्रुटिलाई सच्याएर अघि बढ्नु पर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू पार्टी उठाउन दिनरात मेहनत गर्न तयार भएको बताएका छन् । मंगलबार जिल्ला अध्यक्षहरु सँगको भर्चुअल बैठकमा उनले विगतका तिता कुरा बिर्सने र त्रुटिलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।

धर्म परिवर्तनको डढेलोले सामाजिक सद्भाव खल्बलिने भन्दै थापाले भ्रस्टाचार र बेरोजगारीको डरलाग्दो बढोत्तरीलाई रोक्ने तर्फ कसैको चासो नदेखिएको बताए । राप्रपा नेपाललाई काङ्ग्रेस कम्युनिस्टको बिकल्पको रुपमा अघि बढाइने भन्दै थापाले अहिले सम्म आर्थिक क्रान्तिको विषय कसैको प्राथमिकतामा नपरेको राजनैतिक एजेन्डामा मात्र सबै अलमलिएको आरोप लगाए ।

बैठकमा पार्टीका महामन्त्रीत्रय सुशील श्रेष्ठ, भाष्कर भद्रा र राजाराम बर्तौलाले स्थानीय निर्वाचन तयारी र प्रशिक्षण, सचिवालय तथा संगठन सम्बन्धमा धारणा राखेका थिए । बैठकमा ४५ जिल्ला कार्य समितिका अध्यक्ष एवम् केन्द्रीय पदाधिकारी सहभागी थिए ।

 

 

 

footer