kumari
stcnepal

माओवादी केन्द्र जनकपुरधामको कार्यक्रममा मातृका यादव सहभागी भएनन्

जनकपुरधाम । नेकपा माओवादी केन्द्रले जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रदेशका आठै जिल्लाका नेता-कार्यकर्ता सहभागी भए । तर नेता मातृकाप्रसाद यादव भने प्रशिक्षणमा सहभागी भएनन् ।

प्रशिक्षणलाई सम्बोधन गर्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउँदा यादव विमानस्थल गएका थिए । उनले प्रचण्डलाई स्वागत समेत गरेनन् । केहीबेर उनी प्रचण्ड सँगै विमानस्थलको भीआईपी कक्षमा बसेर बाहिरिए । विमानस्थल बाट बाहिरिएपछि अध्यक्ष प्रचण्ड खाना खाएर प्रशिक्षणमा सहभागी भए । तर, सो प्रशिक्षण कार्यक्रममा धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित नेता यादव भने देखापरेनन् ।

‘हो म प्रशिक्षण कार्यक्रममा नगएकै हो’ नेता यादवले भने, ‘मेरो जिम्मेवारी नै थिएन अनि किन जानु ? जिम्मेवारी बोकेका मान्छे न जान्छन् ? बिना जिम्मेवारी किन मञ्चमा गएर कुर्सीमा बस्नु ?’ उनले अध्यक्ष प्रचण्ड सँग दिनरात प्रशिक्षण नै लिइ रहेको बताए । यद्यपि प्रशिक्षणमा नजानुलाई बहिष्कार गरेको भन्न नमिल्ने उनले बताए । कार्यक्रममा अध्यक्ष प्रचण्डले मातृकाजी नआउँदा आफूलाई दुःख लागेको बताएका थिए ।

 

footer