kumari
stcnepal

युक्रेनको मारिओपल शहरमा एक लाख मानिस बिचलित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारी बीच दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् । आज सम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा रहेका, उनीहरुलाई खाना, पानी र औषधिको पूरै अभाव भएको र त्यहाँ निरन्तर गोलाबारी तथा बम हमला भइरहेको जेलेन्स्कीको भनाइ छ ।

त्यहाँ मानवीय कोरिडोर मार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताएका छन् । एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरुका बसचालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।

जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार शहर बाट उद्धार गरिएको छ । यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न गरेको समेत जानाकारी दिएका छन्

 

 

 

footer