kumari
stcnepal

नेकपा एमालेको आज केन्द्रीय समितिको बैठक बस्दै

स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारी लगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आज देखि काठमाडौँमा बस्दैछ ।

बबरमहल स्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजे देखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणा पत्र, उम्मेदवार चयनका मापदण्ड लगायत कार्यसूची छन् ।

बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने बताइएको छ । बैठक बिहीबार सम्म चल्नेछ । यही चैत ७ गते सम्पन्न पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची तय गरेको थियो ।

 

footer