kumari
stcnepal

काठमाडौं बिश्वकै छौटौ प्रदुषित शहर

काठमाडौं । विश्वका प्रमुख १० प्रदूषित सहर भित्र नेपाल परेको छ। राजधानी सहरमा भने काठमाडौं छैठौं स्थानमा परेको छ।

वायुको गुणस्तर बारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार नेपाल दसौं प्रदुषित मुलुकमा परेको हो। बंगलादेश विश्वकै सबै भन्दा प्रदूषित देश भएको छ। प्रदूषित देशको सूचीमा चाड र पाकिस्तान क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन्। यस्तै चौथोमा ताजकिस्तान र पाँचौँमा भारत छ। आक्युएयरले संग्रह गरेको तथ्यांक अनुसार कुनै पनि देशले सन् २०२१ मा प्रदूषण सम्बन्धी मापदण्ड पूरा गर्न सकेनन्। सर्वेक्षण गरिएका सहरहरु मध्ये मात्र ३ दशमलब ४ प्रतिशतले मापदण्ड पूरा गरेका थिए।

११७ देशका ६ हजार ४७५ सहरहरुको वायु गुणस्तर तथ्यांकमा आधारित सो प्रतिवेदन तयार पारिएको हो। यस्तै नेपालको राजधानी काठमाडौं भने विश्वको छैठौं प्रदूषित शहर बनेको छ।भारतको समग्र प्रदूषण तह खराब देखिन्छ। नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। यो सँगै दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको हो। विश्वका १०० प्रदूषित सहरहरु मध्ये ६३ वटा भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ।

दोस्रो खराब राजधानी सहरमा बंगलादेशको राजधानी ढाका, तेस्रोमा चाडको एन डिजामिना, चौथोमा ताजकिस्तानको दु दुसान्बे र पाँचौमा ओमानको मस्कट छन्।

यी हुन् विश्वका दश प्रदूषित देश
१बंगलादेश
२ चाड
३ पाकिस्तान
४ताजकिस्तान
५भारत
६ओमान
७ क्रिजिजिस्तान
८ बहराइन
९ इराक
१० नेपाल

यी हुन् विश्वका १० प्रदुषित राजधानी सहर
१ नयाँ दिल्ली (भारत)
२ ढाका (बंगलादेश)
३ एन डिजामिना (चाड)
४ दुसान्बे (ताजकिस्तान)
५ मस्कट (ओमान)
६ काठमाडौं (नेपाल)
७ मानामा (बहराइन)
८ बगदाद (इराक)
९ बिश्केक (क्रिजकिस्तान)
१० तासाकेन्ट (उज्वेकिस्तान)

 

 

 

footer