kumari
stcnepal

भोलि विहानसम्म मात्रै सेवा बन्द, यातायातले सूचना सच्यायो

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरू बाट दिने सबै सेवा बन्द रहने बारेको आफ्नो सूचना संशोधन गरेको छ ।

विभागले  आज बुधबार दोस्रो पटक जारी गरेको सूचनामा विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले  आज बुधबार अपरान्ह ५ बजे देखि बिहीबार विहान ६ बजे सम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले जारी गरेको संशोधित सूचनामा उक्त अवधिभर यातायात कार्यालयहरु बाट प्रदान गरिने सबै सेवा बन्द हुने उल्लेख छ ।

यसअघि सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजे देखि समस्या समाधान नभए सम्मका लागि सबै सेवा अवरुद्ध हुने भन्दै सूचना जारी गरेको थियो ।

यसले सेवा अवरूद्ध कहिले सुचारू हुन्छ भन्ने अनिश्चित भएको भन्दै सामाजिक सञ्जालमा विभागको आलोचना भएको थियो । तर, विभागले संशोधित सूचनामा सबै सेवा अनिश्चित कालका लागि बन्द हुने सूचना सत्य नभएको बताएको छ ।

 

 

 

footer