kumari
stcnepal

सर्वोच्च अदालतले प्रधानन्यायाधीश जबरा विनाको संवैधानिक इजलास रोक्न माग गरेको रिट खारेज गर्यो

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश विना संवैधानिक इजलासको काम कारवाही रोक्न मागदावी गर्दै परेको अधिवक्ता डा. गणेश रेग्मीको रिट निवेदन खारेज गरेको छ ।

रेग्मीले गत भदौमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विना संवैधानिक इजलास सञ्चालन गर्न नहुने माग राखी निवेदन दिएका थिए । त्यही निवेदन माथिको १७ भदौमा न्यायाधीश हरि फुयालको एकल इजलासले प्रधानन्यायाधीश विना संवैधानिक इजलास सञ्चालन नगर्न अन्तरिम आदेश दिएको थियो ।

यो आदेशका कारण सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचारा धीन ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दाको सुनुवाइ ७ महिना अवरुद्ध भएको थियो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले रेग्मी र अधिवक्ता दीपकविक्रम मिश्रले दिएको अलग अलग रिट निवेदन खारेज गरेको हो ।

निवेदन खारेज भए सँगै १७ भदौमा न्यायाधीश फुयालको इजलासले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास सञ्चालन नगर्न भनी दिएको अन्तरिम आदेश पनि स्वतः निष्क्रिय भएको छ।

 

 

 

footer