kumari
stcnepal

माओवादीले आर्थिक अनुशासन उल्लघंन गर्नेलाई चुनावमा टिकट नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आर्थिक अनुशासन उल्लघंन गरेका पार्टीका नेता, कार्यकर्तालाई स्थानीय तह चुनावको टिकट नदिने भएको छ ।

आज बुधबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरु बीच आन्तरिक आचारसंहिता बारे भएको संयुक्त बैठकमा यस्तो विषय उठेको हो । छलफलमा सहभागी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले पार्टी अनुशासन र आर्थिक अनुशासन उल्लघंन गर्नेलाई उम्मेदवार नबनाउने गरी आचारसंहिता बनाउने विषयमा छलफल भएको जानकारी दिए ।

‘कस्तो–कस्तोलाई अनुशासनको दायरामा ल्याउने, निर्वाचनमा उठ्न नपाउने भन्ने लगायतको पार्टीको आचारसंहिता बारे छलफल भयो,’ श्रेष्ठले भने, ‘अनुशासन सम्बन्धी धेरै कुरा उठेका छन् । उम्मेदवार बन्न चाहने व्यक्ति पेश्की लिएको वा आर्थिक हिनामिनामा संलग्न भएको भए त्यस्तालाई उम्मेदवार नबनाउने विषय आचारसंहितमा छ ।’

तीनवटै आयोगका पदाधिकारीले आचारसंहिता बारे ‘ब्रिफिङ’ गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ती विषयलाई परिपत्र जारी गरेर कार्यान्वयनमा लैजाने बताएका थिए । बैठकमा अनुशासन आयोगकाम सचिव अशोक रोकाया, लेखापरीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ–आफ्नो आयोगको प्रतिवेदन पेस गरेका थिए ।

 

 

 

footer