kumari
stcnepal

काँग्रेसका दुई भातृ सगठनले पाए नेतृत्व

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले नयाँ नेतृत्व पाएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको सभापतिमा नयाँ नियुक्त गरेका हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले नेविसंघको सभापतिमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको सभापतिमा पर्वतका विद्धान गुरुङलाई नियुक्त गरेका हुन् । काँग्रेसका सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार रिक्त रहेको भ्रातृ संस्थामा नियुक्त गरेका हुन् ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ महिना भित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्ने पार्टी मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

footer