kumari
stcnepal

चीन बाट ल्याईयो २३२ मेट्रीकटन मल

चीन सँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानी बाट रासायनिक मल नेपाल आउन थालेको छ।

तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। शिल्क मार्केटलाई चीन बाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो। भन्सार विभाग बाट आज रिपोर्ट आउना साथ मल राजधानी पठाइने गौतमले बताए। बोलपत्र पाएपछि छ महिना अघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीन बाट ल्याइसकेको छ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ। बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ।

 

 

 

footer