kumari
stcnepal

सभापतिले चाहँदैमा गठबन्धन हुदैन : कोइराला

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ ।

बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेर मात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ । पार्टीको विधान अनुसार चार तहको समिति रहकेो भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिइनु पर्ने निष्कर्ष निकालेको हो ।

सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि यसबारे निर्णयमा पुग्न नसकिने निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए । पार्टीको विधानअनुसार महानगरको मेयर र उपमेयर बाहेक अन्य स्थानीय तह बारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रिय समितिलाई दिएका कारण क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न नमिल्ने उक्त समूहको ठहर रहेको छ । स्थानीय तहमा केन्द्र बाट गठबन्धन गरेर जान सकिने सम्भावना नै नरहेको उक्त समूहले जिकिर गर्दै आएको छ ।

 

 

 

footer